ताजा खबर

कृषि संचारकर्ममा समर्पित अशिम सापकोटा

8 months ago

430 views

कृषि संचारकर्ममा समर्पित अशिम सापकोटा

अशिम सापकोटा १५ वर्षभन्दा बढी समयदेखि नेपालको कृषि पत्रकारिता र सञ्चार क्षेत्रमा सक्रिय नाम हुन्। सानैदेखि किसानको पसिना, पीडा र सम्भावनालाई नजिकबाट अनुभव गरेपछि उनी कृषि पत्रकारितामा समर्पित बनेका हुन्।

हाल उनी एग्रो टाइम्स मिडिया नेटवर्क प्रा.लि. का प्रबन्ध निर्देशकको रूपमा कार्यरत छन्। उनीद्वारा सम्पादित ‘एग्रो टाइम्स’ मासिक कृषि पत्रिका कृषक, कृषि विज्ञ, नीतिनिर्माता र उद्यमीहरूबीच सेतुको भूमिकामा क्रियाशील छ।

सञ्चार क्षेत्रमा उनले सञ्चालन गरेका कार्यक्रमहरूमा ‘हेलो किसान’‘कृषि संवाद’, तथा हाल GNN टेलिभिजनबाट प्रशारण हुने ‘समृद्ध कृषि’ प्रमुख हुन्। साथै, ४० भन्दा बढी एफएम रेडियोमार्फत देशभर प्रशारण हुने ‘कृषि सवाल’ कार्यक्रमका पनि उनी संयोजक तथा प्रस्तोता हुन्। उनको विश्वास छ  “सूचना नै शक्ति हो, र सूचना किसानसम्म पुग्दा उनीहरूको जीवन रूपान्तरण हुन्छ।”

अशिम सापकोटाले विभिन्न स्थानहरूमा कृषि पत्रकारिता तालिम, संवाद कार्यक्रम र ‘एग्रो टाइम्स कृषि अवार्ड’ जस्ता सम्मान कार्यक्रमहरूको आयोजना गर्दै मेहनती कृषकहरूको पहिचान निर्माणमा निरन्तर योगदान दिँदै आएका छन्। उनी भन्छन् “कृषि केवल खेतीपाती मात्रै होइन, यो समृद्धिको बाटो हो। ” त्यही सोचका साथ उनी आज पनि कलम, क्यामेरा र माइक्रोफोन बोकेर किसानको घरआँगनसम्म आइपुगिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?